• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

छात्रसँग अनुचित सम्बन्ध राखेको आरोपमा शिक्षिका पक्राउ, २० वर्ष सजाय हुन सक्ने


  • धनकुटा खबर
  • .

अमेरिकाको टेक्सासस्थित एक हाई स्कुलकी ३५ वर्षीया शिक्षिका पुरुष विद्यार्थीसँग अनुचित सम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छन् ।

टेक्सासको मोन्ट बेल्भिउको बारबर्स हिल स्कुलकी कला र भाषा शिक्षिका ओली कोलिन स्पियर्सले पक्राउ पुर्जी जारी भएको झन्डै एक वर्षपछि मंगलबार आफूलाई प्रहरीसमक्ष आत्मसमर्पण गरेकी हुन्। न्यूयोर्क पोस्टका अनुसार घटना २०२३ जुन १२ मा भएको थियो।

अदालतको रेकर्डअनुसार स्पियर्सले अनलाइन सेवामार्फत विद्यार्थीलाई सम्पर्क गर्न थालेकी थिइन् । ती पुरुष विद्यार्थीको भने उमेर खुलाइएको छैन । शिक्षिकालाई पुरुष विद्यार्थीसँग अनुपयुक्त सम्बन्ध राखेको २०२४ फेब्रुअरी ८ मा चेम्बर्स काउन्टी ग्रान्ड ज्युरीले अभियोग लगाएको थियो।

उनको गिरफ्तारीका लागि २०२४ फेब्रुअरी ११ मा वारेन्ट जारी गरिएको थियो। यद्यपि स्पीयर्स फरार रहेकी थिइन् । उनले आफ्नो वकिलको साथ चेम्बर्स काउन्टी जेलमा आत्मसमर्पण गरेकी हुन्

यो मुद्दामा उनलाई २० वर्षसम्मको जेल सजाय हुन सक्ने समाचारमा जनाइएको छ । मौली स्पियर्सले अगस्ट २०२१ अगस्टदेखि जुन २०२३ जुनसम्म बार्बल हिल एसआईडीमा हाइस्कुल शिक्षिकाको रूपमा काम गरेकी थिइन् । उनले यसै महिनाको सुरुमा राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖