• Sunday 1st of November 2026

अध्यादेशको अस्त्रले प्रधानमन्त्रीलाई निर्वस्त्र बनाइ दियो : सांसद साह


  • धनकुटा खबर
  • .

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा स्वतन्त्र सांसद प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वस्त्र बनाइदिएको बताएका छन्। झन्डै दुई तिहाइ बहुमतको गफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि सामान्य बहुमत समेत नभएको टिप्पणी गरेका हुन्।

आज रौतहटमा यमुनामाई गाउँपालिकाको विशेष भेलामा बोल्दै अध्यक्ष साहले ‘म प्रधानमन्त्रीज्यूसँग सोध्न चाहन्छु, ‘तपाईँले त झन्डै दुई तिहाइको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ। तर आफैँले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईँसँग सामान्य बहुमत छैन। तपाईँ कुन नैतिकताले अझै पदमा बस्नु भएको छ?’ भन्दै साहले प्रश्न गरेका थिए।

सरकार आफैँले ल्याएको अध्यादेश पारित गराउन नसक्ने प्रधानमन्त्रीले नैतिकताका आधारमा कुर्सीमा बस्न नमिल्ने बताए। उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न प्रधानमन्त्री ओलीलाई सुझाएका छन्।

अहिलेको सरकारको गठबन्धन काँग्रेस र एमालेको नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको उनको आरोप थियो।

कुनै समय माओवादी केन्द्र छोडेर एमाले बनेका साह रौतहटबाट प्रतिनिधि सभाको लागी स्वतन्त्र सांसद जितेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖