• Sunday 1st of November 2026

भूमि अध्यादेशमा सत्ता गठबन्धनको संकट, सत्तारूढ दलको आपत्कालीन बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । भूमि सम्बन्धी अध्यादेशमा सत्ता साझेदार दलहरूबीच मतभेद देखिएपछि सत्तारूढ दलको संयुक्त बैठक आज बस्दैछ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अध्यादेशको विपक्षमा उभिने घोषणा गरेपछि सत्तारूढ गठबन्धनभित्र नैतिक संकट उत्पन्न भएको छ।

यो परिस्थिति सम्हाल्न आज बिहान ११:०० बजे सत्ता गठबन्धनको संयुक्त बैठक बोलाइएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदलले हिजोको बैठकमा सत्ता गठबन्धनभित्रको विवाद समाधान गर्न बैठक आवश्यक रहेको निष्कर्ष निकाल्दै बैठक डाक्ने निर्णय गरेको हो।

आजको बैठकमा संविधान संशोधन सम्बन्धी कार्यदलले आफ्नो धारणा प्रस्तुत गर्नेछ भने सत्य निरूपण तथा मेलमिलाप आयोगको विषयमा पनि विस्तृत छलफल गरिने जनाइएको छ। सत्ता गठबन्धनभित्रको मतभेद समाधान गर्न यस बैठकलाई निर्णायक मानिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖