• Sunday 1st of November 2026

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको छ : अस्पताल


  • धनकुटा खबर
  • .

काठमाडौं। पोखरामा असावधानीवस जलनमा परि घाईते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको किर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार शुरु भएको छ।

अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रारम्भिक मूल्याङ्कनमा उनीहरूको अनुहार ५–६ प्रतिशत जलेकाले उच्च निगरानीमा उपचार आवश्यक रहेको बताएको हो।

अस्पतालका निर्देशक किरण किशोर नकर्मीले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुको प्रारम्भिक मूल्याङ्कन अनुसार ५-६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ।’

सघन उपचार कक्षमा डा. विडी झा र डा.प्रविण गिरी लगायतको टोली संलग्न छ भने जलन विशेषज्ञहरुको टोलीमा प्राडा शंकर मान राई, डा. विशाल कार्की, डा.मनिष यादव लगायतको आकस्मिक उपचार टोलीमा डा. प्रयुस अर्याल लगायत रहेका छन्। त्यसैगरी नर्सीङ टिममा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको टोली रहेको अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖