• Monday 5th of October 2026

चीनको युनान प्रान्तको युवा टोलीसँगको प्रतिस्पर्धामा नेपाली टोलीका आशिस राईको भाँच्चियो खुट्टा


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय यू-२३ टोलीका खेलाडी आशिस राईको चिनियाँ प्रान्तिय टोली युनानसँगको मैत्रीपूर्ण खेलमा खुट्टा भाँच्चिएको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाली टोली २-० गोलले पराजित भएको थियो।

सो खेलका क्रममा घाइते भएका आशिसको देब्रे खुट्टामा चोट लागेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उनको खुट्टा तीन ठाँउमा भाँच्चिएको देखिएको छ। साथै उनको शाल्यक्रिया गरिने एन्फाको भनाइ छ।

उनी खेलको ३७औं मिनेटमा घाइते भएपछि उनको स्थानमा ओमप्रकाश चौधरी मैदान प्रवेश गरेका थिए।

एन्फाले चिनियाँ नयाँ वर्षको अवसरमा गत वर्षदेखि चिनियाँ प्रान्तिय टोलीसँग मैत्रीपूर्ण खेल आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖