• Sunday 1st of November 2026

राष्ट्रिय खेलाडीको तीन ठाउँ खुट्टा भाँच्चिदा छैन राज्य, बेलुन फुट्दा घाइतेलाई राष्ट्रपतिदेखिको लर्को


  • धनकुटा खबर
  • .

काठमाडौं– ‘अहिले राज्य कहाँ छ?’

स्वभाविक उत्तर छ,‘किर्तिपुर बर्न अस्पतालमा।’

राज्यको सहानुभूती कसले पनि खोजेको छ? अर्को उत्तर छ,‘उदयीमान नेपाली राष्ट्रिय युवा फूटबल टोलीका खेलाडी आशिश राईले पनि।’

फागुन ३ गतेका दुई समाचारमा पहिला घोत्लिऔं।

समाचार–१,
पोखरा भ्रमण वर्ष’ घोषणा कार्यक्रम उद्घाटनमा शनिबार बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन्। कार्यक्रम उद्घाटनका क्रममा मन्त्री पौडेलले डिजिटल माध्यमबाट बालेको झिर्झिरे क्यान्डलको झिल्काले भेटेर बेलुनको झुप्पा पड्किँदा उनीहरू घाइते भएका हुन् ।

त्यस क्रममा मन्त्री पौडेल र मेयर आचार्यले समातेको बेलुनको झुप्पालाई आगोको झिल्काले भेटेको थियो। ती बेलुनमा हाइड्रोजन ग्यास भरिएको थियो।

बेलुन पड्किँदा आगोले पोलेर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरेर हेलिकोप्टरबाट काठमाडौंस्थित कीर्तिपुर अस्पताल ल्याइएको छ। कीर्तिपुर अस्पतालका अनुसार प्रारम्भिक परीक्षणअनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

मन्त्री पौडेललाई भेट्नका लागि बर्न अस्पतालमा गृहमन्त्री रमेश लेखक पुगेका छन्। यसैगरी स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि पुगेका थिए भने आइतबार राष्ट्रपति रामचन्द्र पौडेल पनि पुग्नेछन्।

समाचार २,
चीनको युनान प्रान्तीय टोलीसँगको मेत्रीपूर्ण खेलका क्रममा नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राई गम्भीर घाइते भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलको ३७औं मिनेटमा युनानका मोरी मेडलेले आशिषमाथि ट्याकल गरेका थिए।

उनको खुट्टा भाँचिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाकारी दियो। आशिषलाई स्टेचरमा राखेर मैदान बाहिर निकालिएको थियो। लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको थियो।

आशिष खेल्न नसक्ने भएपछि मुख्य प्रशिक्षक राजेश शाहीले ओमप्रकाश चौधरीलाई मैदान प्रवेश गराएका थिए।

चिनियाँ नयाँ वर्षको अवसरमा भएको उक्त खेल नेपालले २–० ले गुमायो।
०००

दुई समाचारमा आकाश पातालको फरक पाइन्छ।

बर्न अस्पताल किर्तिपुर सानेपा हुँदै जाने हो। या फर्किँदा सानेपाको बाटोबाटै फर्किने हो। तर, राज्यले अर्थमन्त्रीलाई भेट्न जाँदा देशका निम्ति प्रतिस्पर्धा गरेका खेलाडीलाई भने बेवास्ता गरेको छ।

यहाँसम्मकी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, खेलकुदमन्त्री मात्र होइन एन्फा अध्यक्ष समेत राईलाई भेट्न पुगेका खबर सार्वजनिक भएका छैनन्।

यसले तुलनात्मक रुपमा राज्यलाई ऐना देखाउँछ कि– एउटा राष्ट्रिय खेलाडीको तीन ठाउँ खुट्टा भाँच्चिदा कोही नेता मन्त्री पुग्दैनन्। तर, एउटा नेताका निम्ति पनि राष्ट्रपतिदेखि मन्त्रीको लर्को त्यहि बाटो भएर पुग्छ। -क्यानडा नेपालबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖