• Sunday 1st of November 2026

प्रधानमन्त्रीले सम्बोधनका क्रममा मागे कुर्सी


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नोत्तरका क्रममा कुर्सी मागेका छन् । उठेर लामो बोल्न नसक्ने भन्दै उनले कुर्सी मागेका हुन् ।

सांसद प्रभु हजाराले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले कुर्सी मागेका हुन् । उनले भने, ‘सम्माननीय सभामुख महोदय ! मलाई खुट्टामा अलिकति थोरै समस्या छ । कुर्सी प्रयोग गर्ने गरिएकै छ ।’

त्यसपछि संसद सचिवालयका कर्मचारीले कुर्सीको व्यवस्था गरिदिएपछि उनले बोलेर आफ्नो जवाफलाई निरन्तरता दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖