• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

छिमेकी बनेनन् मलामी, दुई दिनपछि उठ्यो प्रकाश दमाईंकी आमाको शव


  • धनकुटा खबर
  • .

बैतडी – बैतडीको सिगास गाउँपालिका– १ का शिक्षक प्रकाश दमाईंले आफ्नो आमामो मृत्यु हुँदा समयमा मलामी पाएनन् । उनकी ६१ वर्षीया माना दमाईंको शनिवार मृत्यु भएको थियो । गाउँमा मलामी ६५–७० परिवार छन् ।

दलित र गैर दलित दुबै रहेको उक्त गाउँमा तर, मानाको मलामी हुन कोही मानेनन् । मलामी नपाएपछि शनिवार शव उठेन। गैर दलित समुदायले माना दलित भएको भन्दै मलामी बन्न मानेनन् भने दलित समुदायले माना दमाईं भएको भन्दै सबै सहयोग गरे पनि मलामी भएनन् ।

छिमेकी नै मलामी नभएपछि नउठेको शव आज आफन्तहरूले उठाएका छन् । उनको शव अन्तिम संस्कारका लागि ट्याक्टरमा राखेर पाटन नगरपालिका– ६ सुर्नयागाडमा रहेको तिपडा मसानघाट पु¥याइएको हो। शवयात्रामा १९ जना सहभागी थिए । ती मध्ये २्३ जना गैर दलित समुदायका हुन् । प्रकाश गाउँमा रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । तर उनलाई छिमेकी कसैले पत्याएनन् ।

मानाको मलामीका लागि छिमेकीले साथ नदिएपछि झन्डै अढाई सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र बैतडीकै पाटन– ६ बाट आफन्तहरू पुगेका थिए । उनीहरु पुगेपछि आइतबार शवयात्रा सुरु गरिएको हो ।

आइतबार बिहान ११ बजे शवयात्रा सुरु भएको सहभागी नरबहादुर साउदले बताए। छिमेकी जिल्ला डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए। आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैर दलित समुदायबाट दुई जना मात्र मसानघाट पुगेको जानकारी दिए।

‘अहिले दाहसंस्कार भएको छ । मलामी १९ जना थिए ’ उनले भने, ‘आफन्तहरू आउनु भयो अनि आज लास उठ्यो । ’ पुर्ख्यौली मसानघाट पाटनमा उनको दाहसंस्कार गरिएको हो । सिगासनजिकका जिप तथा ट्याक्टर व्यवसायीहरूले समेत लास बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर शवयात्रा थालिएको स्थानीयहरूले बताएका छन्।

सिगास– १ का वडासदस्य धनीराम भट्टले राति १२ बजेसम्म आफू पनि प्रकाशकै घरमा शव कुरेर बसेको बताए। गाउँका अधिकांश व्यक्तिहरू रोजगारीका लागि बाहिर रहेको र केही सामाजिक मान्यताहरूका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले बताए।

ऐरीका अनुसार स्थानीयहरूले नै शवयात्राका लागि रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖