• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

स्कुल जाँदै गरेकी बालिकाको डोजरले पल्टाएको ढुंङ्गा लागेर मृत्यु


  • धनकुटा खबर
  • .

दाङ । डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गुल्मिमा एक बालिकाको मृत्यु भएको छ ।

गुल्मिको इश्मा गाउँपालिका –२ हस्तिचौर जाने भित्री सडक खन्दै गरेको श्रेष्ठ कन्ट्रक्सनको डोजरले पल्टाएको ढुङ्गा लागेर स्कुल जाँदै गरेकी आठ वर्षीया बालिका विष्णु कुमाल को मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी कुमालको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको गुल्मी जिल्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले बताए ।

डोजर चालक मकवानपुर इन्द्रचौरका ३६ वर्षीय राजेश रेग्मी लाई प्रहरीको नियन्त्रणमा लिएको बताईएको छ । गुल्मी प्रहरीका अनुसार घटना बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖