• Sunday 1st of November 2026

बिरामी बचाउन हैन, कमिशनमा चल्छन् मधेसका निजी अस्पतालः जब मुख्यमन्त्री एम्बुलेन्स चालक बने


  • धनकुटा खबर
  • .

काठमाडौं– मधेस प्रदेशका निजी अस्पतालले बिरामीको जोखिमलाई नभई एम्बुलेन्सका ड्राइभरलाई कमिशन दिएर उपचारमा आउनेलाई ल्याउने विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले बिशेष निगरानी सुरु गरेका छन्।

उनले अभियानका रुपमा नै निगरानीलाई बढाउने क्रममा आफैं एम्बुलेन्स चालक बनी अस्पतालका साहुलाई फोन गरी कारबाही अगाडि बढाउने प्रक्रिया थालेका हुन्।

आइतबार पनि थप चार अस्पताल (जनक मेमोरियल, जनकपुर गोदावरी हस्पिटल, जनकपुर मोडल, कृष्णा हस्पिटल) बन्द रहेको पाइयो। दर्ता नगरी चलाइएका ती अस्पताल आफैँ बन्द गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री सिंह अनुगमनको क्रममा जनकपुर मोडल हस्पिटल पुगेका थिए। भित्र बत्ती बलिरहँदा बिरामीलाई भित्रै थुनेर अनुगमन छल्न बाहिरबाट ताला लगाएको उनलाई शंका लाग्यो।

मुख्यमन्त्रीको अनुगमन तिव्र भएपछि निजी अस्पतालले ताला लगाएर भित्रभित्रै काम गरिरहेको पनि फेला परेको हो।

फोन गरेर मुख्यमन्त्री सिंहले आफू ३११२ नम्बरको एम्बुलेन्स ड्राइभर सरोज भएको बताएको एउटा भिडिओ सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ। मुख्यमन्त्रीले राम्रो पार्टी (बिरामी) लिएर आएको भनेपछि गार्डले जवाफ फर्काए– अहिले अनुगमन भइरहेको छ। म बिरामी राख्न सक्दिनँ। गोदावरीमा लग्नुस्।

मुख्यमन्त्री सिंह र स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले अहिलेसम्म तीन दर्जन बढी अस्पतालको अनुगमन गरी मापदण्डविपरीतका ५ अस्पताल बन्द गराइसकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖