• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नाबालिकालाई वेश्यावृतिमा लगाउने स्पा संचालिका पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं- नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका – २६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका- ५ घर भएकी ४१ वर्षीया स्मृति भन्ने रमिला गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्पामा पार्लरको काम गराउने भनी आर्थिक प्रलोभनमा पारी स्पामा मसाज गर्नको लागि आउने ग्राहकहरूसँग जबरजस्ती वेश्यावृत्तिको काममा लगाएको भन्ने पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रमिलालाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖