• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रामबहादुर बम्जन विरुद्ध साढे आठ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौ – लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बम्जनविरुद्ध करिब साढे आठ करोड रुपैयाँ बिगो दावी गरिएको छ ।

बम्जनविरुद्ध सोमबार सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी नारायण प्रसाद घिमिरेका अनुसार कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । बम्जनविरुद्ध आठ करोड ५९ लाख रुपैयाँ बिगो दावी गरिएको छ ।

बम्जनविरुद्धको बाल यौनशोषणको मुद्दा अदालतमा विचाराधीन छ । बाल यौनशोषणको मुद्दामा काठमाडौंस्थित घरमा खानतलासी गर्दा बम्जनबाट नगद बरामद भएको थियो ।

बम्जनको साथमा ठूलो नगद बरामद भएपछि विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा छानविन अघि बढाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖