• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भारतबाट ११ जना विद्यार्थी घर फर्किए: प्रकृति लम्सालको शव ल्याइँदै


  • धनकुटा खबर
  • .

काठमाडौ ।भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी)मा अध्ययनरत् ११ जना विद्यार्थी बेलहिया नाका हुँदै नेपाल फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले रुपन्देही जिल्ला घर भएका विद्यार्थी घर फिर्ता भएको बताए। भारतबाट आफ्नै तरिकाले आएका विद्यार्थीलाई प्रहरीले आवश्यक विवरण लिएर ११ जना विद्यार्थीलाई घरतर्फ पठाएको कार्कीले जानकारी दिए ।

भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिका कारण विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेको थियो।

प्रकृति लम्सालको शव ल्याइँदै-भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्साललाई बुधबार साँझ गोरखपुर ल्याइएको छ।

लम्सालका बुबा सुनिल लम्साल लगायतले प्रकृतिको शव लिएर बिहान १० बजे भारतको ओडिसास्थित भुवनेश्वरबाट हिँड्नुभएको र साँझ गोरखपुर आएको जानकारी पाएको प्रकृतिका मामा शिव शर्माले जानकारी दिए। केआइआइटी स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी छात्रा प्रकृतिको शव छात्रावासमा भेटिएको थियो। घटनाको जानकारी पाएपछि प्रकृतिका बुवा भारतको ओडिसा पुगेका थिए ।

प्रकृतिका बुवाआमा र भाइ काठमाडौंमा बसेर उद्योग सञ्चालन गर्दै आएका थिए। हजुरबुवा र हजुरआमा भैरहवा बस्दै आएका थिए। प्रकृतिका नौ वर्षीय भाइ छन्। प्रकृतिको मृत्यु प्रकरणबारे उनको परिवारले अहिलेसम्म आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖