• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु


  • धनकुटा खबर
  • .

बैतडी,फागुन ८। बैतडीमा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ।

बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्‍याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जनाए।घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖