• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हातमा सुशन शाक्य लेखेका व्यक्तिको हनुमानढोकामा हत्या, दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँको हनुमान ढोकामा एक पुरुषको हत्या भएको छ।

अन्दाजी ३५ वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परे पनि उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

मृतकको हातमा सुशन शाक्य लेखिएको टाटु हानिएको छ। अन्य पहिचान भने नखुलेको बोहराले बताए।

उनको हत्या गरेको सीसीटीभी फुटेजका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सीसीटीभीमा बाँसले हानेर हत्या गरेको देखेपछि उनीहरूलाई पक्राउ गरेको बोहराले बताए।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖