• Monday 5th of October 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र म्यान्मार भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ – काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुदै छ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुदै छ ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहदै फाइनलमा पुगेका हुन् ।

म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको थियो । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।

फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यान्मारलाई सयौं स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेका कारण फाइनल खेलका लागि उत्साहित रहेको छ ।

फाइनलअघि नेपाली महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖