• Monday 5th of October 2026

कार्यव्यस्तताले खेल हेर्न जान सकिनँ, छोरीहरूको राम्रो खेले: प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

भर्खरै सम्पन्न फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यव्यस्तताले सहभागी हुन नसकेको बताएका छन्। बुधवार साँझ खेल सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमा एक स्टाटस राख्दै खेल हेर्न पुग्न नसकेको जानकारी दिएका हुन्।

‘कार्यव्यस्तताले आज नेपाल र म्यानमार बिच भइरहेको खेल हेर्न जान पाएको थिइनँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्,‘केही समय मात्र प्रत्यक्ष प्रसारण हेर्न पाएँ।’

नेपाली खेलाडीको खेल राम्रो रहेको पनि प्रधानमन्त्री ओलीले लेखेका छन्। ‘छोरीहरूको खेल राम्रो थियो। भविष्यमा हामी जित्ने नै छौँ,’ उनले लेखेका छन्।

सम्पन्न खेल नेपाल र म्यानमारबिच भएको थियो। जसमा नेपाल फाइनल जित्न चुक्दा उपाधिबाट वञ्चित हुँदै उपविजेतामा चित्त बुझाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖