• Sunday 1st of November 2026

सरकार नै कुलमानको पछि लागेर किचकिच गरिराखेको छ, यो ठीक होईनः कांग्रेस महामन्त्री थापा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको पछि लागेर किचकिच गरिरहेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) सिन्धुलीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आगामी ४/५ महिनामा सेवा अवधि सकिँदै गरेको कुलमानको पछि लाग्नु राम्रो नरहेको बताएका हुन् ।

उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको भूमिकाप्रति टिप्पणी गर्दै उनले सरकार यसरी एउटा व्यक्तिको पछाडि लाग्न नहुने बताए । साथै उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कामको भने प्रसंशा गरे । अहिले परराष्ट्र मन्त्रालयले समस्याको समाधान दिनेगरी काम गरिरहेको बताए । विदेशमा रहेका नेपालीको संख्यालगायतको डाटा संकलन गरेर परराष्ट्र मन्त्रालयले डा.देउवाको नेतृत्वमा प्रभावकारी काम गरिरहेको उनको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖