• Sunday 1st of November 2026

कतार एयरको जहाज रन वे ‘२-जिरो’बाट अवतरण गरेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तर्राष्ट्रिय उडानतर्फ कतार एयरवेजले आज रनवे ‘२-जिरो’ (बौद्धतर्फ) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजहरू सो रनवेबाट अवतरण गर्नु दुर्लभ मानिन्छ ।

काठमाडौंमा रन वे ‘जिरो-२’ (कोटेश्वरतर्फ)बाट अन्तर्राष्ट्रिय उडानका जहाजहरू अवतरण हुँदै आएका छन् ।

विमानस्थल स्रोतका अनुसार हावाको चापका कारण आज कतारले दुर्लभ एप्रोचबाट जहाज काठमाडौं अवतरण गराएको हो । यसअघि एयर इण्डिया र नेपाल वायु सेवा निगमले यस रुटबाट सर्कलिङ एप्रोचका रुपमा जहाज अवतरण गराए पनि अन्य जहाजहरू अवतरण भएका छैनन् ।

कतार एयरले आरएनपी टू जिरो अप्रोच गरेर विमानस्थलमा अवतरण गरेको छ । नजिकै कपन गुम्बाको डाँडा पर्ने हुँदा सामान्यतया जहाजहरू कोटेश्वरतिरबाट नै अवतरण गर्न रुचाउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖