• Monday 5th of October 2026

अर्जेन्टिनाको जितमा अमाल्डा नायक


  • धनकुटा खबर
  • .

काठमाडौं : फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उरुग्वेलाई हराएको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गरेको हो।

अर्जेन्टिनाका लागि थियागो अमाल्डाले ६८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

जुलियन अल्भारेजको पासमा अमाल्डाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि कुनै पनि टिमले गोल गर्न नसक्दा सोही गोल नै निर्णायक बनेको हो।

विश्वकप छनोटमा अर्जेन्टिनाको यो नवौँ जित हो। विश्वकप छनोटको १३ खेल खेलेको अर्जेन्टिनाले २८ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।

अर्जेन्टिनासँग पराजित भएको उरुग्वे २० अङ्कसहित २० औँ स्थानमा रहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖