• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

विज्ञान विषयको मात्र एसइई ग्रेडबृद्धी परीक्षाको तयारी गरिरहेका गगनको चट्याङ लागेर मृत्यु


  • धनकुटा खबर
  • .

सुर्खेत । दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेका छन् ।

शनिबार साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी चैत्र १२ गते हुने विज्ञान विषयको मात्र एसइई ग्रेडबृद्धी परीक्षाको तयारी गरिरहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖