• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मलेसियाले एकैपटक २६ जना नेपालीलाई गर्‍यो निष्कासन


  • धनकुटा खबर
  • .

काठमाडौ । मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको हो । गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो । निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, सहनी, शेर्पा, केसी थरी रहेका छन् ।

त्यस्तै घर्तीमगर, लोहार, सहनी, थारु, राना मगर, तामाङ, सदा, यादव, विश्वकर्मा, सहनी, राई, सरदार र बुढा थरीका व्यक्तिहरू रहेका छन् । डीपोर्ट हुनेहरूमा कसैको राहदानी नभएको त कोही गैरकानुनी तरिकाले लुकीछिपी बस्दै आएका बताइएको छ । मलेसियाले यसअघि अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖