• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

चार वर्षीय बालिका बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ


  • धनकुटा खबर
  • .

लखनउ । भारतको उत्तर प्रदेश राज्यको बुलंदशहरमा चार वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ८० वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ ।

आरोपित वृद्धले छिमेककै बालिकालाई बलात्कार गरेको बताइएको छ । बुलंदशहर प्रहरीले आइतबार यस घटनाबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलात्कारको घटना शनिबार साँझ भएको बताइएको छ । घरको छतमा हजुरबुवासँग खेल्दै गरेकी बालिका अचानक बेपत्ता भएकी थिइन् ।

केहीबेरमा छिमेककै एउटा घरमा बालिका चिच्याएको आवाज आएको थियो । बालिकाको परिवार त्यहाँ पुग्दा बालिकासँग ती वृद्ध आवत्तिजनक अवस्थामा पाइएको भनेर प्रहरीमा उजुरी परेको छ ।

प्रहरीका अनुसार बालिकाको गुप्ताङ्गबाट रगत बगेको थियो । उक्त सहरका प्रहरी प्रमुख शंकर प्रसादका अनुसार बालिकालाई उपचारका लागि अस्पताल पठाइएको छ । आरोपितलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖