• Saturday 28th of November 2026

प्रचण्ड सार्है बाठा छन्, टिआरसीसँग कुलमान साटेछन् :ज्ञानेन्द्र शाही


  • धनकुटा खबर
  • .

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले कुलमान घिसिङलाई हटाएर माओवादीलाई उन्मुक्ति दिने खेल गरेको आरोप लगाएका छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सांसद शाहीले तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको गोप्य बैठकमा यस्तो सहमति भएको दाबी गरेका हुन्।

उनले लेखेका छन्, ‘कमरेड प्रचण्ड सार्है नै बाठो छन्, टिआरसीसँग कुलमान पो साटेछन्।’ शाहीले उक्त गोप्य बैठकमा कुलमान घिसिङलाई हटाउने र माओवादी द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा पक्राउ नगर्ने, मुद्दा नचलाउने गरी टिआरसी विधेयक जस्ताको तस्तै पास गराउने सहमति भएको दाबी गरे।

शाहीले स्टाटसमा लेखेका छन्, ‘बधाई छ कमरेड प्रचण्ड’

सरकारले माओवादी नेताहरूलाई उन्मुक्ति दिने र जनप्रिय व्यक्तित्व कुलमान घिसिङलाई बलि चढाउने तयारी गरेको शाहीको आरोप छ।

सरकारले सोमबार (आज) मात्रै घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖