• Monday 5th of October 2026

आइपिएल : पञ्जाबले गुजरातलाई दियो २ सय ४४ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

कप्तान श्रेयस ऐरको विष्फोटक ब्याटिङमा पञ्जाव किंग्सले गुजरात टाइटन्ससामु २ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४३ रनको योगफल तयार पारेको हो।

पञ्जावका लागि विष्फोटक ब्याटिङ गरेका कप्तान ऐर ९७ रनमा अविजित रहे। उनले ४२ बलमा ५ चौका र ९ छक्का प्रहार गरे।

शशांक सिह ४४ रनमा नटआउट रहे।

ओपनर पृयास आर्या २३ बलमा ७ चौका र २ छक्का सहयोगमा ४७ रन बनाउँदा क्याच आउट हुन पुगे।

माक्युर्स इस्टोनिसले २० र अज्मतुल्लाह ओमारजाइले १६ रन थपे।

गुजरातका लागि साइ किसोरले ३ विकेट लिए। कागिसो रवाडा र रासिद खानले समान एक विकेट लिए। रासिदले ओपनर आर्यालाई साइ सुदर्शनको हातबाट क्याच आउट गराउँदा आइपीएलमा आफ्नो १ सय ५० औँ विकेट लिएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖