• Friday 30th of October 2026

सरकारलाई राप्रपा अध्यक्ष लिङदेनले दिए राजालाई पक्राउ गरेर देखाउन चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन ।

शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौति दिएका हुन । उनले आफूले चुनाव जित्ने बहानाले मात्रै राजाको नाम नलिएको भन्दै राजसंस्था देशको आवश्यकता भएको बताए। उनले तीनकुनेको घटनाका बारेमा पूर्वराजाको नाम जोडिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसबारेमा आफ्नो कुनै टिप्पणी नभएको बताए । राजालाई कुनैपनि विवादमा तान्नु नहुने उनको भनाइ छ ।

उनले भने ‘राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर राजा चाहिन्छ भनेको होइन । त्यसकारणले राजा जस्ले बोके पनि हुन्छ, जस्ले ल्याए पनि हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौँ । हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन । त्यसकारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्प्रष्ट छु । राजालाई एरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउछौँ ।’

अध्यक्ष लिङदेनले तीनकुनेमा भएको प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोप लगाए । उनले हिंसा भड्काएको आरोपमा सरकारले पक्राउ गरेको नेता रविन्द्र मिश्र, डा। धवलस समशेर राणा र अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा नगरे पार्टीले देशभर विरोधका कार्यक्रम शुरु गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖