• Friday 30th of October 2026

अधिवक्ता स्वागत नेपाललाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ चैत । अधिवक्ता स्वागत नेपाललाई गैरकानुनी रुपमा पक्राउ गरिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ । गत शुक्रबार राति प्रहरीले अधिवक्ता नेपाललाई उनको ल फर्मबाट पक्राउ गरेको थियो । अधिवक्ता नेपालकी छोरी सभ्यता नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर भएको बताईन् ।

‘उहाँलाई गैरकानुनी रुपमा ल फर्ममा काम गरिरहेको अवस्थामा गैरकानुनी रुपमा पक्राउ गरिएको छ । अहिले सर्वोच्चमा रिट निवेदन दायर गरेका छौं । दर्ताको प्रक्रियामा छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भनिन् ।

अधिवक्ता नेपाल राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता थिए । गत शुक्रबार राजसंस्था पुनर्स्थापना समितिले गरेको प्रदर्शन हिंसात्मक बनेपछि प्रवक्ता रहेका नेपाललाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖