• Sunday 29th of November 2026

ज्ञानेन्द्र शाहलाई अब छाडा छोड्न सकिँदैनः प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अब छाडा छोड्न नसकिने बताएका छन् ।

आज (आइतबार) सिन्धुलीको दुधौलीमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको उदारतालाई कमजोरी ठानेर ज्ञानेन्द्रले मुर्खता गरिरहेको उनले बताए ।

‘उनलाई छाडा छोड्न सकिँदैन । ज्ञानेन्द्र शाहले जनताको उदारताले भोग पाएको छन् । अझै मुर्खता गर्ने हो भने उनले भोग्ने दिननै सिद्दिन्छ,’– उनले भने ।

पूर्वराजा ज्ञानेन्द्रकै कारण गत शुक्रबार तीनकुनेमा हिंसात्मक घटना भएको प्रचण्डको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖