• Friday 30th of October 2026

कर्मचारीमा नैतिकता भएन, उनीहरुमाथि पनि कारबाही हुन्छ :बालेन सचिवालय


  • धनकुटा खबर
  • .

काठमाडौँ – उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरुले प्रमुख प्रशासकिय अधिकृतलाई भित्र्याएपछि महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय रुष्ट देखिएको छ ।

सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत कारबाही हुने चेतावनी दिएकोे छ ।

‘भोली गुरागाईमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने आज गुरागाईंलाई स्वागत गर्न जो जो कर्मचारीहरु अघि सरेका छ्न उनीहरुलाई पनि गुरागाईलाई जतिकै कारबाही हुन्छ, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुई तिहाईको दम्भ हो,’ मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले भने, ‘हाम्रो माग भ्रष्टारचारमा संलग्न भएको व्यक्ति आउनु हुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई बिहीबार हाजिर हुन भनेको थियो । सोहि अनुसार उनी हाजिर हुन महानगर आइपुगेका थिए । उनलाई रोक्न नगर प्रहरी तैनाथ थिए । तर कर्मचारी, उपप्रमुख र वडाध्यक्षहरुले नगर प्रहरीको अवरोध तोड्दै गुरागार्इंलाई कार्यकक्षमा प्रवेश गराए ।

गुरागाईंको कार्यकक्षमा ताला लगाइएको भएपनि कर्मचारीहरुले ताला फुटाएर प्रवेश गरेका थिए । उगुरागाईले विद्युतीय र ढड्डामा हाजिर गरेर तीन बजे फर्किए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖