थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बैंककमा डिनर (बेलुकीको खाना) सँगै गरेका छन्।
बैंककमा बिमस्टेक शिखर सम्मेलन सुरु हुनअघि स्थानीय समयानुसार बिहीबार साँझ आयोजित डिनरमा ओली र मोदी सँगसँगै देखिएका हुन्।
सार्वजनिक तस्बिरमा मोदीको छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पनि देखिएका छन्।
