• Friday 30th of October 2026

कुलमानले गरे राजनीतिमा आउने संकेत,भने -कुनै पनि जिम्मेवारी लिन तयार छु


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै उनले जिम्मेवार नागरिकको हैसियतले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको पनि बताए ।

‘म सदैव देशको हित र सम्मृद्धिको लागि कुनै पनि जिम्मेवारी लिन तयार छु’, घिसिङले कूटनीतिक जवाफ दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖