• Friday 30th of October 2026

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीको यस कार्यकालमा मोदीसँगको यो भेट दोस्रो हो । यसअघि युएनको महासभामा भाग लिने क्रममा अमेरिकामा दुई प्रधानमन्त्रीबीच साइडलाईन भेटवार्ता भएको थियो । आज भएको भेटवार्ताको विषयबारे अहिले खुलाईएको छैन । प्रधानमन्त्री ओली भ्रमण सकेर भोलि (शनिबार) स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖