• Friday 30th of October 2026

चितवनबाट विशेष खुलासा गर्ने उद्घोष गरेका रवि अघिल्लो दिन पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रविलाई धरौटीमा छाड्ने आदेश बदर गरिदिएपछि उनी पक्राउ परेका हुन् । उनी यसअघि जिल्ला अदालत रुपन्देहीबाट सो मुद्दामा एक करोड धरौटीमा छुटेका थिए ।

गत सोमबारर मात्रै पार्टीको जिम्मेवारीमा फर्किएका लामिछाने अन्ततः पाँचै दिनमा पक्राउ परेका छन् । पार्टीको राजनीतिमा फर्किएको दिन लामिछानेले भोलि (शनिबार) २३ गते चितवनमा हुने पार्टीको कार्यक्रममा विशेष खुलासा गर्ने उद्घोषसमेत गरेका थिए । विशेष खुलासा गर्ने दिन आउनु अघिल्लो दिननै लामिछाने पक्राउ परेका छन् ।

जिम्मेवारीमा फर्किएकै दिन लामिछानेले सरकाले आफूलाई फेरि पक्राउ गरेर दुःख दिनसक्ने पनि आशंका व्यक्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖