• Friday 30th of October 2026

राप्रपाको बल्खुमा भएको विरोध सभामा काठमाडौंका मेयर बालेन शाहको चर्चा


  • धनकुटा खबर
  • .

राप्रपाको बल्खुमा भएको विरोध सभामा काठमाडौं मेयर बालेन शाहको चर्चा भएको छ।

पार्टी महामन्त्री राजेन्द्र गुरुङले सभास्थलमा फोहोर नगर्न र पानीका बोतलहरू नफाल्न सचेत गरे।

उद्घोषकका रूपमा कार्यक्रम सञ्चालन गरिरहेका उनले भने, “यदि फोहोर गर्‍यो भने काठमाडौं महानगरपालिकाबाट जरिवाना पत्र आउने छ।” यसअघि, बालेनले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तिराएका थिए।

१५ चैतको प्रदर्शनमा भएको फोहोर र तोडफोडको हर्जना भने उनले ज्ञानेन्द्र शाहले तिर्नुपर्ने निचोडसहितको पत्र पठाएका थिए। गुरुङले भने, “राप्रपालाई फेरि जरिवाना तिर्ने नबनाउनुहोला, बुझिदिनुहोला।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖