काठमाडौँ । आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा नेपालमा १ करोड ५७ लाख थानभन्दा बढी कण्डम आयात भएको छ ।
भन्सार विभागको वैदेशिक व्यापारसम्बन्धी पछिल्लो तथ्यांक अनुसार उक्त अवधिमा ८ करोड रुपैयाँभन्दा बढी मूल्यको कण्डम भित्रिएको हो ।
विभागको विवरण अनुसार तीन महिनाको अवधिमा कुल १ करोड ५७ लाख ११ हजार २०७ थान कण्डम आयात भएको छ । यस आयातको कुल मूल्य ८ करोड ५ लाख ७९ हजार रुपैयाँ छ ।
यो परिमाणमा कण्डम आयात हुँदा राज्य षमा भने २ हजार रुपैयाँ मात्र राजस्व प्राप्त गरेको छ ।
सरकारले कण्डमलाई अत्यावश्यक स्वास्थ्य सामग्रीअन्तर्गत राखी भन्सार महसुल छुटबराबर व्यवस्था गरेको छ ।
