• Friday 30th of October 2026

वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने बताएका छन् ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा डा.गुरुङले माटोको टीका लगाएर सबभन्दा पहिला आफू हिँड्ने पनि बताए ।

‘२२ गतेका दिन सामूहिक गिरफ्तारी दिने हो । म आफैँ पहिला हिँड्छु तपाईंहरु कोको आउनुहुन्छ आउनुस्’, गुरुङको भनाई छ । उनले ज्यानको माया मारेर अगाडि बढ्ने तर भद्र अवज्ञा आन्दोलन गरेर अघि बढ्ने बताए ।

उनले राजसंस्थाको पुनर्स्थापनाका लागि गोरखनाथ र गोरखकालीको अन्तिम पूजा वैशाख १९ गते गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖