रास्वपाकी सांसद सोबिता गौतम १५०औं अन्तर-संसदीय संघ (आईपीयू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्यमा निर्वाचित भएकी छिन्। आईपीयूको शासकीय परिषद्ले उनलाई चार वर्षका लागि चयन गरेको हो। समितिको कार्यकाल सन् २०२९ को मार्चसम्म रहनेछ।