• Friday 30th of October 2026

आगामी वैशाख २२ गते डा.जगमान गुरूङसहित राजावादीहरुले सामूहिक गिरफ्तारी दिने


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ चैत । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआनदोलन परिचालन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आफूहरु आगमी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने तयारीमा रहेको बताएका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले आगामी वैशाख २१ गतेसम्म आन्दोलनमा संलग्नहरुको पक्राउ पुर्जी खारेज नगरे, नवराज सुवेदीलाई नजरबन्दबाट मुक्त नगरे र पक्राउ परेका बन्दीहरुलाई रिहा नगरेको खण्डमा सामूहिक गिरफ्तारी दिने बताउका हुन् ।

‘वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकज्यूको नजरबन्द खुलाएन भने हाम्रो बन्दी बनाइएका साथीहरुलाई मुक्त गरेन भने २२ गते हामीहरुले तीनकुनेमा सहादत प्राप्त गर्नुभएको वीर सहिदहरुको रगतले लुट्पुटिएको माटोको टीका लगाएर सामूहिक गरिफ्तारी दिने हो । सबैभन्दा पहिला मै हिँड्छ् । म ७८ वर्षको बुढो, सुगरको रोगी, त्यो माटोको टीका लगाएर सबैभन्दा पहिला मै हिँड्छु,’– उनले भने ।

उनले आफूहरु आन्दोलनमा ज्यानको माया मारेर अगाडि बढ्ने पनि बताए । डा.गुरुङले अबको आन्दोलन आफूहरुको तर्फबाट (भद्र अवज्ञा) शान्तिपूर्ण हुने बताए । ‘भद्र अवज्ञा आन्दोलन गरेर हामी अगाडि बढ्नुपर्छ । तिनीहरु भन्दा हामी विशिष्ट हुनुपर्छ । २१ गते हाम्रो घोषणा हुन्छ । २२ गते हामी सामूहिक गिरफ्तारी दिने हो,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖