• Friday 30th of October 2026

रास्वपाका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौला विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपाका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौला विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ।

काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबी पढ्दै गरेका प्राञ्ज्वल केसीले सामाजिक सञ्जालमा अदालत र न्यायाधीशको मानमर्दन हुने अभिव्यक्ति दिएको आरोपमा मुद्दा दायर गरेका हुन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि सङ्ग्रौलाले फेसबुकमा “न्यायाधीश झोले कार्यकर्ता हुन्” भन्ने अभिव्यक्ति दिएकी थिइन्।

केसीले यसलाई अदालतको अपमान र कानुनको विद्यार्थीको मर्यादामाथि आघात भएको दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖