• Friday 30th of October 2026

शिक्षक र प्रहरीबीच बानेश्वरमा यसरी भयो धकेलाधकेल


  • धनकुटा खबर
  • .

काठमाडौं-आन्दोलनरत शिक्षकहरूले बानेश्वर सडकका तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ ।

शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको हो ।

तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन् । सरकारले पटक–पटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन् ।

विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ । शिक्षकहरूलाई एउटा लेनमा मात्र प्रदर्शन गर्न प्रहरी प्रशासनले आग्रह गर्दै आएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖