• Thursday 29th of October 2026

दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन ल्याइँदैछ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल–भारत सीमा क्षेत्रमा पुगिसकेको सुरक्षा स्रोतले जनाएको छ ।

उनलाई आज आसामको गुवाहिटी हुँदै झापा ल्याउने र त्यहाँबाट काठमाडौं ल्याउने तयारी छ । झापाको काँकडभिट्टास्थित सीमा क्षेत्रमा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरु समेत कुरेर बसिरहेका छन् । मेची पुलमा भीड बढे बाटो परिवर्तन गरी प्रसाईंलाई नेपाल ल्याउने तयारी छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । र, हिजो उनी भारतको आसाममा पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖