• Thursday 29th of October 2026

यसरी थुनुवाको पोसाकमा अदालतबाट हाँस्दै बाहिरिए दुर्गा प्रसाईं


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप भएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार अनुसन्धानका लागि प्रहरीलाई १२ दिन म्याद थप गरेको हो ।

थुनुवा पोसाक (ज्याकेट)मा उनलाई प्रहरीले अदालतमा उपस्थित गराएका थियो । म्याद थप भएसँगै उनी प्रहरीको घेरामा हाँस्दै अदालतबाट बाहिरिएका थिए ।

सो क्रममा उनी निकै खुसीजस्तो देखिन्थे भने सञ्चारकर्मीले बोलाउँदा उनले प्रतिक्रिया नदिई मुन्टोमात्रै हल्लाए ।

यसअघि भद्रपुर विमानस्थलमा भने प्रसाईंले प्रहरी नियन्त्रणकै बिच सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘ म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है ।’ उनी भारतमा पक्राउ परेको बताइएपनि प्रहरीले शुक्रबार बिर्तामोडबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖