• Thursday 29th of October 2026

केही नयाँ कुराको आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्छ भनेको हुँः प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संकेत गरेका छन् । आज (आइतबार) गृहजिल्ला चितवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफूले केही नयाँ अनुभवको आधारमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा गरेको बताएका हुन् । उनले अब देश कांग्रेसको नेतृत्वमा सरकार बन्ने दिशातिर अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

आफूले प्रतिनिधिसभामा विश्वासको मत लिने बेलादेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नु सही हुने कुरा गरिरहेको बताउँदै प्रचण्डले भने, ‘मैले त विश्वासको मत लिँदादेखि नै सही कुरा के हो भने सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने सही कुरा हो त्यतिबेला भनेको हो । अहिले पछिल्लो चोटी भन्दा थुप्रै घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभवसहित भनेको हो । अहिले मलाई धेरै त्यो भन्दा बढी बोल्न नलगाउँदा राम्रो । केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई त्यही दिशातिर देश जान्छ ।’

अध्यक्ष प्रचण्डले आफूहरुको ध्यान सरकारतिर नरहेपनि केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अगाडि जान सहज छैन भन्ने कुरा परिस्थितिले देखाइरहेको बताए । वर्तमान सरकारविरुद्ध चौतर्फी आक्रोश, आवेग र असन्तुष्टि जनतामा बढ्दै गएको उनले बताए । नयाँ वर्षले राजनीतिक निकास दिने उनले विश्वास व्यक्त गरे । ‘परिस्थिति निकै नै जटिल र पेचिलो बन्दै गएको छ । तर, मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास चाही लिएर आउँछ,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖