• Thursday 29th of October 2026

आज सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौँ । मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । जुडशीतल पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २ गते मङ्गलवारका दिन जुडशीतल र सिरुवा पर्व परेकोले सार्वजनिक बिदा दिइएको उल्लेख गरेको छ ।

परिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै आज तराईका जिल्लाहरूमा जुडशीतल पर्व मनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖