• Thursday 29th of October 2026

कांग्रेसनिकट महिला संघका २० केन्द्रीय सदस्यले बुझाए सामुहिक राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसनिकट नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले पदबाट सामुहिक राजीनामा दिएका छन्।

नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा बुझाएका हुन् । नेतृत्वले विधानबमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको उनीहरुले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले महिला संघको केन्द्रीय सदस्यबाट सामूहिक राजीनामा दिएका छन् ।

उनीहरु सबै जना शेखर कोइराला समूहनिकट मानिन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖