• Thursday 29th of October 2026

मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । अदालतले पक्राउ अनुमति दिएसँगै मधेश प्रदेशका पूर्व प्रमुख राजेश (झा) अहिराज फरार छन् ।

फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनिबिरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

उनीविरुद्ध युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । २३ वर्षीया युवतीले उनिबिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी छन् । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।

पीडितको जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘जबरजस्ती करणीको जाहेरी दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।’

माघ २ मा महिला बालबालिका सेवा केन्द्रमा उनिबिरुद्ध जाहेरी दर्ता भएको थियो । यसअघि कालीमाटीमा रहेको महिला बालबालिका सेवा केन्द्रको कार्यालय अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरकै कार्यालयमा अवस्थित छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖