• Thursday 29th of October 2026

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ ।

बैठकमा सरकारका कामकारवाही र सरकारबारे बाहिर चलेका चर्चाबारे छलफल भएको छ । साथै बैठकमा सरकारका काम कारवाही प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।

संयन्त्रको बैठकअघि दुई दलीय कार्यदलको बैठक समेत बसेको थियो । आजको संयन्त्रको बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी भएनन् ।

खड्का स्वास्थ्यका कारण र थापा उपत्यका बाहिर भएकाले बैठकमा सहभागी नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

सरकारका कामकारवाही र कार्यशैलीबारे सत्तासाझेदार दल कांग्रेसका कतिपय नेताहरुले नै असन्तुष्टि जनाएपछि कार्यदल र संयन्त्रको बैठक बोलाइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖