• Thursday 29th of October 2026

सरकार सफल हुने भनेको मौन धारण गरेर हो ? :कांग्रेस महामन्त्री शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने बतएका छन् ।

बिहीबार एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताए ।

उनले वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो सरकार कायम रहन्छ । सरकार चल्नुपर्छ र सरकारले आफ्नो कार्यशैली बदल्नुपर्छ । सरकार सफल हुने भनेको मौन धारण गरेर हो र ? सरकार सफल हुने त कमजोरी केलाएर हो नि । आफू संलग्न भएको सरकारको सफलताको लागि सरकार यहाँ तिमी चुक्दैछौ, यहाँ तिमी चुक्दैछौ । यहाँ तिमी ढिलाइ गर्दै छौँ भनेर बोल्ने कर्तव्य त पार्टीका पदाधिकारीहरूको बन्छ नि ।’

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने प्रस्ताव समेत गरे । उनले एमालेबाट प्रधानमन्त्री हुँदा एमालेको टिम र काँग्रेसबाट प्रधानमन्त्री हुने बेलामा काँग्रेस टिम हुनेगरी सहमतीको विकल्प प्रस्तुत गरे ।

उनले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर समेत गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖