• Thursday 29th of October 2026

यो सरकार र अहिलेको नेतृत्व पूर्ण रूपले असफल भइसकेको छ : तोसिमा कार्की


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपा सांसद तोसिमा कार्री भन्छन् –

देशभरिका शिक्षकहरू विद्यालयमा अध्ययन अध्यापन मा व्यस्त हुनुपर्नेमा सडकमा छन् आन्दोलनमा ! गुरुहरू नै हक अधिकार र गुणस्तरीय शिक्षा माग गर्दै सडकमा आउनुपरेको अवस्था !

डाक्टरहरू अस्पतालमा सुरक्षित वातावरणमा बिरामी जाँचीरहेको हुनुपर्नेमा एप्रोन लगाएर श्रम शोषण विरुद्ध आवश्यक चिकित्सकहरू सडकमा आउनुपरेको अवस्था !

सडक तथा विकास निर्माणको कार्यमा यता ठेक्का लगाउन सेट्टिङ। ठेक्का लागेपछि कमिसन खानमा सेट्टिङ।‌ यता जनताको जीवन धरापमा पर्ने गरी कम्सल काम, अनि फेरि ठेकेदारहरूले काम गरेपछि भुक्तानी नपाएर सरकारसँग रोइलो !

कृषकहरूमा, युवाहरूमा, व्यवसायीहरूमा चरम निराशा छाइसकेको छ। ‌शिक्षक आन्दोलनमा। स्वास्थ्यकर्मीहरू आन्दोलनमा। जनता आन्दोलनमा !! बाँकी के रह्यो र ?

यो सरकार र अहिलेको नेतृत्व पूर्ण रूपले असफल भइसकेको छ। ‌ पटकपटक व्यवस्थामाथि प्रश्न उठिरहेको छ। कारण : असफल नेतृत्व !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖