• Thursday 29th of October 2026

‘रास्वपा कोशी प्रदेश इन्चार्ज भण्डारीको राजीनामा, ‘बिनासल्लाह हटाइयो’ भन्दै असन्तुष्टि’


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोसी प्रदेश इन्चार्ज तथा केन्द्रीय संगठन विभाग सदस्य ओमनाथ भण्डारीले पदबाट राजीनामा दिएका छन्। बिहीबार बसेको केन्द्रीय समिति बैठकले आफूलाई जानकारी नदिई प्रदेश इन्चार्जबाट हटाएकोप्रति असन्तुष्टि जनाउँदै उनले संगठन विभागको जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

भण्डारीले पार्टीले ‘एक पद, एक व्यक्ति’ भन्ने अवधारणाअनुसार निर्णय लिएको हुन सक्ने बताएका छन्। तर, आफूलाई जानकारी वा सल्लाह नै नदिई हटाइएकोमा गहिरो दुःख लागेको उनले बताएका छन्। यदि सल्लाह गरिएको भए आफूले निर्णय सहर्ष स्वीकार गर्ने र नयाँ व्यक्तिलाई प्रस्तावकसमेत बन्ने तयारी रहेको उल्लेख गरेका छन्।

उनले पार्टी नेतृत्वले मूल्य, मान्यता र प्रक्रिया विपरीत कदम चालेको आरोप पनि लगाएका छन्। आफूलाई बिनासल्लाह हटाइएकाले नैतिक संकट र दबाब सिर्जना भएको भन्दै भण्डारीले आजकै मितिबाट सबै पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। अब उनी साधारण सदस्यको रूपमा मात्र पार्टीमा रहनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖